एमालेद्वारा गण्डकी प्रदेशमा ४ जना मन्त्रीको नाम टुङ्गाे लाग्याे, आज शपथ लिने तयारी हुदैँ
नेकपा एमालेले गण्डकी प्रदेशमा ४ जना मन्त्रीको नाम टुङ्गाे लगाएकाे छ ।हिजो बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको कार्यक्षेत्र टुङ्ग्याउँदै सङ्ख्या पनि नौ बनाएपछि एमालेले मन्त्री हुनेको नाम टुङ्गो लगाएको हो ।
एमालेबाट बाग्लुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम मन्त्रीका लागि टुङ्गो लागेको एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीले बताउनुभयो । सबैको आजै शपथ लिने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
गण्डकीमा नौ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेलाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित