logo krishi add

आजदेखि नेपाल दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्चको अध्यक्ष

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औं सम्मेलन काठमाण्डौमा चलिरहेको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हरेक चुनावले नागरिकको इच्छा र आकाङ्क्षालाई प्रतिविम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक देशको दायित्व भएको बताउनुभयो । उहाँले नेपाली नागरिक जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने पनि बताउनुभयो ।

उद्घाटन सत्रका अवसरमा मञ्चका अध्यक्ष भुटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गर्नुभयो । योसँगै नेपाल आजदेखि दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को अध्यक्ष भएको छ ।

सम्मेलनमा नेपालका साथै भारत, भुटान, श्रीलङ्का, माल्दिभ्सलगायत देशका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन् । सम्मेलन भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस