logo tiger cup

गुल्मीमा जलेर एक जनाको मृत्यु

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक वृद्धको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७, वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको घरमै आगो ताप्दै गर्दा अचानक जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको  छ ।

अविवाहित गिरी लामो समयदेखि भाइसँगै घरमा बस्दै आउनुभएको थियो । भाइ टेकराज गिरीले प्रहरीमा जानकारी गराएपछि धुर्कोट बस्तुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक रामकुमार थापाको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस