logo go bungy

नयाँ पार्टीकाे पदाधिकारी चयन गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

News Logoपरिचित खबर 2 घण्टा अगाडि
87 2 minutes read

चितवनमा गएको आइतबारदेखि शुरु भएको  महाधिवेशन हिजो पार्टी पदाधिकारी चयन गर्दै सकिएको हो ।

महाधिवेशनले सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्लेलाई निर्विरोध निर्वाचित गरेको छ । महिला उपसभापतिमा तोसिमा कार्कीलाई पराजित गर्दै सोविता गौतम निर्वाचित हुनुभयो । त्यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ । 

महामन्त्रीमा मनिष झा, सागर ढकाल र गणेश कार्कीले पनि प्रतिस्पर्धा गरेका थिए । त्यसै गरी सहमहामन्त्री खुलातर्फ हरि ढकाल र असिम शाह तथा महिलामा निशा डाँगी निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारीको हिजो नै शपथ ग्रहण भएको छ । महाधिवेशन अन्तर्गत पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १ वरिष्ठ नेता, १ उपसभापति, १ महामन्त्री, १ प्रवक्ता, ३ सह प्रवक्ता, १ कोषाध्यक्ष र २ सह कोषाध्यक्ष गरी १२ जना पदाधिकारीसँगै ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस