पोखरा महानगरपालिका र जापानको कोमागाने सहरबीच भगिनी सम्बन्ध स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा विशेष सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कास्की पोखरा समाज जापानको आयोजना र पोखरा महानगरपालिकाको व्यवस्थापनमा कार्यक्रम भएको हो । सन् २००१ मा यी दुई सहरबीच भगिनी सम्बन्ध कायम भएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा र कोमागानेबीचको सम्बन्ध २५ वर्षसम्म निरन्तर कायम रहनु महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार यो दुई सहरबीचको मित्रता, विश्वास र सांस्कृतिक सहकार्यको नतिजा हो । यस्तै, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले भगिनी सम्बन्धलाई संस्थागत गर्दै आगामी दिनमा अझ प्रभावकारी सहकार्यका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
महानगरपालिकाले कोमागाने सहरसँगको २५ वर्षे सम्बन्धलाई आगामी दिनमा अझ सक्रिय, परिणाममुखी र नागरिकस्तरमा जोडिएको सम्बन्धका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । सांस्कृतिक आदानप्रदानजस्ता कार्यक्रमले दुई सहरबीचको मित्रतालाई पुस्तान्तरण गर्ने विश्वास महानगरपालिकाले लिएको छ । २५ वर्ष लामो सम्बन्धको स्मरणमा आयोजित यस कार्यक्रमले दुई सहरबीचको मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित