logo
citizen

आज दिउँसो देशभर आंशिक बादल लाग्ने, हिमाली र पहाडी भेगमा अझै हल्का वर्षा तथा हिमपातको सम्भावना

87 2 minutes read

मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्णव चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको छ । माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र बाँकी रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

हाल लुम्बिनी प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशभर आंशिक बादल लाग्ने बताएको छ । यसैगरी हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

—

प्रतिक्रिया दिनुहोस