विश्वको एक महाशक्ति मुलुक चीनले पश्चिमी प्रशान्त महासागरभित्र विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउँदैछ । समुद्रमा ११ हजार ५ सय फिट गहिराईमा चीनले बनाउन लागेको उक्त भिमकाय टेलिस्कोपको नाम Trident हो ।
संसारकै ठूलो पानीमुनिको सो टेलिस्कोपको चिनियाँ नाम हाई लिंग हो, जसको अर्थ सामुद्रिक घण्टा भन्ने हुन्छ ।
Trident को पूरा नाम Tropical Deep Sea Neutrino Telescope हो । यो टेलिस्कोप सन् २०३० सम्ममा तयार भैसक्नेछ । तत् पश्चात् न्यूट्रिनोको खोज गर्नेछ ।
न्युट्रिनो ती भूतकण हुन् जसका १ खर्बवटा कण हरेक सेकेण्डमा हाम्रो सरीरको प्रतिवर्ग सेन्टिमिटरमा गुज्रिएका हुन्छन् । तर यसबारेमा हामीलाई केहीपनि थाहा हुँदैन, किनकि यी कण देखिँदैनन् ।
यी कणहरुमा अज्ञात विद्युतीय चार्ज हुन्छ, जसको मापन गर्नपनि सकिँदैन । यी कणहरु तौलविहीन हुन्छन् र कुनै पदार्थसँग रासायनिक अन्तरक्रिया पनि गर्दैनन् ।
यसबाट हाम्रो ब्रम्हाण्डको उत्पत्तिको विषयमा खुलासा हुनेछ । साथै अन्तरीक्षमा हुने विस्फोटनहरु, प्रकाश तथा अन्धकारका साथै अन्तरीक्षमा हुने टकरावहरुको बारेमा पनि जानकारी प्राप्त हुनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
मनसुन अझै निस्कृय अवस्थामा,पानी नपर्दा गर्मी धेरै
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ
भर्खरै प्रकाशित
मनसुन अझै निस्कृय अवस्थामा,पानी नपर्दा गर्मी धेरै
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ