राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । रास्वपाकाे केन्द्रीय निर्वाचन आयोगका अनुसार गएराति १२ बजेदेखि शुरू भएकाे मतदान अहिले दिउँसाे साढे १२ बजे सम्पन्न भएको हो ।
महाधिवेशनमा ४ हजार १०० जना प्रतिनिधि रहेकामा ३ हजार ९५० मत खसेको रास्वपाकाे अनुमान छ । विद्युतीय मेशिनबाट मतदान भएकाले परिणाम २ घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ ।
चितवनको भरतपुरमा चलिरहेकाे महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना सदस्यका लागि मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको चुनाव प्रक्रिया अघि बढ्ने छ । दोस्रो चरणमा २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री गरी ६ जनाको चुनाव हुनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित