आगामी फागुन पहिलो साता हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई शान्ति निकेतन बोर्डिङ स्कुलले साथ र सहयोग गर्ने भएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति निकेतनले समेत साथ दिने भएको हो । प्रत्यक्ष रुपमा खेलाडी तथा विधार्थीको जिवनसँग समेत जोडिएको विषय खेल क्षेत्र भएकाले म्याराथनमा विधालयको समेत सहभागिता रहने भएको हो । पोखरा ५ मालेपाटनस्थित विधालयका प्रिन्सिपल महेश्वर पराजुलीले सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा जोडिन पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिएका छन् । विधालय खेलकुदको माध्ययमबाट विधार्थीहरुमा शारिरीक एवं मानसिक विकास गर्ने कुरामा कटिबद्ध रहेको र सोही अनुरुप विभिन्न खेल गतिविधि समेत गर्दै आइरहेको सुनाए । पराजुलीले म्याराथनको सफलताको शुभकामना दिदैँ विधालयको तर्फबाट गर्न सक्ने सहयोग गर्नेसमेत बताए ।
म्याराथनको काउन्टडाउन सुरु भएसँगै मञ्चले तयारीलाई तिव्रता दिएको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले तयारीलाई तिब्रता दिएको बताएका छन् । उनले पोखराको मात्र नभई देशकै ठूलो इभेन्टको रुपमा रहँदै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विधालयहरुलाई समेत जोड्ने योजनाअनुरुप आफुहरु विधालयस्तरमा पुगिरहेको जानकारी दिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पेनाल्टीमा नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम १६ मा
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ
भर्खरै प्रकाशित