logo go bungy

साफ च्याम्पियनसिप : नेपालको सान्त्वना जित

87 2 minutes read

साफ च्याम्पियनसिप फुटबलमा नेपालले अन्तिम खेलमा जित निकालेको छ। भारतको कान्तिरभा रंगशालामा आज भएको अन्तिम खेलमा पाकिस्तानमाथि १–० को जित निकाल्दै नेपालले सान्त्वना जित निकालेको हो। 

नेपालको जितमा खेलको ७९ औँ मिनेटमा आशिष चौधरीले गोल गरे। चौधरी गत वर्षमात्रै राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका हुन्। 

दोस्रो हाफमा मैदान छिरेका आशिषले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियाे। यसअघि दुवै खेलमा पराजय भोगेको पाकिस्तान र नेपाल दुबै टाेली प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस