logo go bungy

अमेरिका–इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दाबी

News Logoपरिचित खबर 3 घण्टा अगाडि
87 2 minutes read

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको बताएकf छन् । 

उनले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको सङ्केत गरेकाे बीबीसीले जनाएको छ । इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दाबी छ । यो युद्धविराम झण्डै दुई हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एक अर्काविरुद्धमा भएका घटनापछि आएको हो । 

ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले उहाँलाई वार्ताको लागि अर्को मौका दिन आग्रह समेत गरेका थियो । अमेरिकाले इरानको नौसेना, वायुसेना, सैन्य नेतृत्व तथा रक्षा प्रणालीलाई ठूलो क्षति पुर्‍याएको ट्रम्पको दाबी छ । 

उनले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताएका छन्  । यसैबीच इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभए पनि आफूले आक्रमण रोकेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस