नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको आह्वानमा १८ वर्षको उमेर सङ्गै जन्मदिनमा रक्तदान गराउने अभियान शुरु भएको छ ।
सोही अभियानलाई साथ दिन शान्ती दिप अभियान आकस्मिक रक्तदान यूनिटका सदस्य स्वस्तिका थापाको जन्मदिनको अवसरमा थापाकै बुबा इन्द्र बहादुर थापा, आमा गोमा थापाले संयुक्त रक्तदानको शुरुवात भएको आकस्मिक रक्तदान समूहका प्रमुख हरिश्चन्द्र शर्माले बताए ।
रक्तसञ्चार केन्द्रमा आकस्मिक रुपमा आवश्यक रगतलाई पुरा गराउन समूह सक्रिय रहँदै आएको छ ।
समूहले दैनिक जसो रक्तदाताहरुलाई केन्द्रमै बोलाई रक्तदान सचेतना गराउने र धेरै भन्दा धेरै रक्तदाताहरु बढाउने उद्धेश्य रहेको रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए ।
रक्तदाताका बुबा इन्द्र बहादुर थापा केन्द्रमै कार्यरत रहँदै आएका छन् । सो कार्यक्रममा रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र के.सी, लेखा प्रमुख सृजना बास्तोलाले रगतको महत्व माथि प्रकाश पारेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
दीपमाला ढकाललाई मिस नेपाल २०२६काे उपाधि
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाकाे सम्भावना