सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाएको अनिश्चितकालीन कर्फ्यु आदेशलाई हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले विज्ञप्तिमार्फत् आज बिहान साढे ८ बजेदेखि बेलुका ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिनुभएको छ ।
कर्फ्यु हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम निषेधाज्ञा लागू गरेको छ । यो आदेश अनुसार तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा ५ जनाभन्दा धेरै मानिसहरू भेला हुन वा जम्मा हुन, हुलहुज्जत गर्न पाउने छैनन् ।
महेन्द्र राजमार्गमा गाडी निर्वाधरुपमा चल्न सक्ने प्रमुख जिल्ला अधिकारी अर्यालले उज्यालोलाई बताउनुभएको छ । इटहरी उपमहानगरपालिकाको वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र, रामधुनी नगरपालिकाको वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र, इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ ।
यसअघि गएको साउन १२ गते रातिदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित