पत्रकार दीपेन्द्र श्रेष्ठ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार’ बाट सम्मानित
यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार दिपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् ।
तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको ४३ औँ बैवाहिक वर्ष गाँठको अवसरमा आज तमु धिं, नयाँबजारको सभाहलमा प्रमुख अतिथि कास्की क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङ र पुरस्कारदाता कर्म गुरुङद्धारा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष समेत रहेका एभरेस्ट एफएमका प्रबन्धक निर्देशक श्रेष्ठलाई नगद रु १० हजार, फेटा, भाङ्ग्रा र सम्मानपत्रले सम्मान गरिएको हो ।
पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एमएमका बरिष्ठ प्रस्तोता श्रेष्ठलाई सिफारिस गरेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङले सम्मानित श्रेष्ठलाई बधाई दिदै यसले आफुलाई खुसी सँगै गम्भीर बनाएको बताए । उनले हरेक जातजातिहरुको आफ्नो मौलिकतालाई जिवन्त राख्न पत्रकारिता क्षेत्रले बिशेष योगदान पुर्याउने उल्लेख गरे ।
‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार बाट सम्मानित दिपेन्द्र श्रेष्ठले बिगत २३ बर्षको लामो पत्रकारिता क्षेत्रमा पाएको पुरस्कार मध्ये यो घरभित्रको पुरस्कार जुन अमूल्य र अर्थपूर्ण रहेको बताए ।
तमु धिं नेपालकी संस्थापक अध्यक्ष एवं पुरस्कारदाता कर्म तमुले स्थापना गरेको यस पुरस्कार आदिवासी जनजातिहरुको क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको प्रोत्साहनको लागि स्थापना गरिएको बताइन् ।
यस पुरस्कारको व्यवस्थापन फोनिज कास्कीले गर्दै आएको छ । यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसक्नु भएको छ ।
फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन सचिव सुशिल श्रेष्ठले गरेक थिए भने सो अवसरमा छनोट समितिकी सदस्य शान्ति गुरुङले सम्मानित श्रेष्ठको परिचय दिएकी थिइन्।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित