logo tiger cup

मेनपावर व्यवसायीले गरे अध्यागमन विभाग घेराउ, डिजीको राजीनामा माग

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

   वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्। 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्दै प्रदशन गरेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् । २–३ सयको हाराहारीमा रहेका व्यवसायीहरूले विभाग कार्यालयमा विरोध प्रदशन गर्नुका नाराबाजी गरेका हुन् ।

संघका महासचिव मेघनाथ भुर्तेलले विना कारण श्रमिकलाई रोक्ने डिजीले राजीनामा दिनुपर्ने बताए।  वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोक लगाएको थियो ।

वैदेशिक रोजगार ऎन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरि सस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई अध्यागमनले रोक्दै आएको महासचिव भुर्तेलले बताए । 

बिनाकारण कामदारहरु फर्काइरहेकोले व्यवसाय गर्न समस्या भएको उनको भनाई छ । अध्यागमन कार्यालयका महानिर्देशकले ज्यादती गर्दै आएको भन्दै उनको राजीनामा माग गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस