logo tiger cup

पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

   पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ ।

 

  मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

 

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्युु भएको हो । पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् । पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ । –––

प्रतिक्रिया दिनुहोस