पोखरा, श्रावण १३
प्रिवार भएका तथा संरक्षण पाउन नसकेका ज्येष्ठ नागरिकका लागी श्रर्दा सदन पारिवारीक घर बनेको छ । घरमा परिवार भएपनि आवश्यक मात्रामा सेवा संरक्षण पाउन नसकेका, उमेर पुगेका बिरामी बुवा आमाका लागी पोखरामा व्यवसायिक रुपमा ज्येष्ठ नागरिक सेवा सुरु गरिएको सदनका अध्यक्ष निरज थापाले बताए ।
“नेपाली परिवेशमा बुवा आमालाई घर बाहिर राख्दा सकारात्मक सोच्ने गरिदैन, बाहिर राखे कस्ता छोराछोरी भन्ने गरिन्छ तर घरमा एक्लै हुँदा औषधी सम्म खान नसक्ने अवस्थामा धेरै बुवाआमा हाम्रो समाजमा रहेका छन् ।” परिवारले चाहेर पनि स्याहार संरक्षण गर्न नसक्ने अवस्थामा, छोरा, परिवार विदेशीनु पर्ने अवस्थामा, सदन मार्फत संपूर्ण सेवा व्यवस्थित रुपमा दिन सदन सुरु गरिएको सदनका निर्देशक चिन्तामणि बाँस्तोलाले बताए । वि.सं. २०७८ देखि पोखरा १५ मा सदनमा ३५ जनालाई आवासीय सेवा दिन सकिएपनि हाल ७ जना बुवा आमालाई राखिएको छ ।
१२ वर्षदेखि रोजगारको शिलशिलामा लण्डन रहेका सूर्य घिमिरेले भने “आफू एक्लो छोरा भएको र घरमा बुवाआमा मात्र रहँदा आमा बिरामी भई थलिन पुग्दा चाहेर पनि स्याहार नपाउँदा आमाको अन्तिम अवस्था भएको थियो । अचेत अवस्थाकी आमालाई २ वर्ष अगाडि केन्द्रमा ल्याउँदा र हालको अवस्था हेर्दा आमा पूर्ण स्वस्थ्य हुनु भएको उदाहरण दिदै समाजको डरमानि आमालाई केन्द्रमा नलगेको भए आमालाई गुमानुपथ्र्यो”। अब आमालाई लण्डन लैजाने सोच रहेको पनि उनले सुनाए । सदन मार्फत पारिवारिक सम्बन्धको विस्तार गराउने, उमेर पुगेका बुवाआमालाई स्याहार सुसार सहित खुशी बनाउने उद्देश्य रहेको केन्द्रका प्रमुख उर्मिला श्रेष्ठले बताइन् । २ वर्ष अगाडी पोखराका १० जना सामाजिक अभियन्ताबाट सुरु भएको सदनलाई सामाजिक रुपमा अगाडि बढाउन श्रर्दा सेवा सदन सामाजिक संस्था हालै स्थापना गरिएको कोषाध्यक्ष कृष्ण थापाले बताए । संस्थामार्फत पोखरामा ज्येष्ठ नागरिक सचेतना अभियान सहित रचनात्मक कार्यहरु गरिने योजना रहेको बताइएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित