logo tiger cup

८ हजार मिटर अग्ला १४ हिमाल ३ महिनामा आरोहण गर्ने कीर्तिमानी आरोहीहरु नेपालमा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

काठमाडौं । सबैभन्दा छिटो विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गर्न सफल नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन लामा शेर्पा आज नेपाल फर्किएका छन् ।

नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन लामा शेर्पाले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन् ।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रि विमानस्थमा नेपाल पर्वतारोहण संघका पदाधिकारीहरुले फूल माला र बाजाका साथ स्वागत गरेका छन् । उनीहरुको सम्मानमा अहिले नेपाल पर्यटन बोर्डमा विशेष कार्यक्रमको आयोजना भइरहेको छ । यसअघि आरोही निर्मल पूर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा पूरा गरेका थिए ।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन् ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम २, गाशरब्रम १, ब्रोडपिक र माउण्ट केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस