logo tiger cup

नेपालको पर्यटन नबुझ्ने मान्छे पर्यटन मन्त्री हुनु दुःखद : आरोही मिङमा शेर्पा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

काठमाडौं । सेभेन समिट प्रा.लि का प्रमुख तथा १४ अग्ला हिमाल आरोहण गर्ने पहिलो कान्छो नेपाली मिङमा शेर्पाले नेपालको पर्यटन नबुझ्ने मान्छे देशको पर्यटन मन्त्री भएको आरोप लगाएका छन् ।

सबैभन्दा छिटो विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्न सफल नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन लामा शेर्पाको सम्मानमा आयोजित कार्यक्रममा शेर्पाले यस्तो आरोप लगाएका हुन् ।

शनिवार नेपाल पर्यटन वोर्डमा नेपाल पर्वतारोहण संघद्धारा आयोजित सम्मान कार्यक्रममा कीर्तिमानी आरोही शेर्पाले यस्तो भव्य कार्यक्रममा पर्यटन मन्त्री सुदन किराँतीको उपस्थित नहुनु यसैको प्रमाण भएको बताए ।

उनले भने, मैले सोचेको थिए कार्यक्रम अझै भव्य होला भनेर । पर्यटन मन्त्री त आउनुहुन्छ नै प्रधानमन्त्री पनि आउँनुहुन्छ होला भन्ने आशा गरेको थिए ।  सोचेको भन्दा फरक भयो । उहाँ त एउटा सरसफाई कार्यक्रममा व्यस्त हुनुन्छ भन्ने सुन्दा नेपालको पर्यटन नबुझ्ने मान्छेले यो देशको पर्यटन मन्त्री हुनु मलाई गौरव लागेन ।’

नेपाल पर्यटनले मात्र धान्ने देश भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने शेर्पाको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस