logo tiger cup

सुन तस्करी प्रकरणमा दोषी देखिएका कोही पनि उम्कन सक्दैनन : प्रवक्ता सापकोटा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी देखिएका कोही पनि कानून भन्दा माथि हुन नसक्ने बताएका छन् । 
बुधबार काठमाडौंको नेकपा माओवादी पार्टी कार्यलयमा आयोजित प्रवक्ता र पत्रकारबीच भेटघाट कार्यक्रममा पूर्व सभामुख सापकोटाले कुनै पनि पार्टीमा भएपनि सुन तस्करीमा मुछिएका कोही पनि बच्न नसक्ने बताए ।  
उनले भने ‘ सुन प्रकरणको विषयमा कानून भन्दा माथि कोही पनि छैन्, कानूनको नजरमा सबै समान हुनुपर्छ, यदि तथ्य र प्रमाणले त्यस्तो हुन्छ भने त्यसमा यो फलानो पार्टीको त्यो फलानो पार्टीको भन्ने हुँदैन् । ’ 
प्रवक्ता र पत्रकारहरूबीचको भेटघाट कार्यक्रमलाई पुनः सुरु गर्ने बताउँदै उनले भने ‘समाजवादी मोर्चा अगाडि जान्छ र पार्टी एकताको काम पनि पहिलेको ईतिहास जस्तो दोहोरिदैन् । निर्धक्क भएर अगाडि जान्छ । जानु पर्छ भनेर सबैले भनेका छन् त्यसैले पार्टीमा पूरै एकरुपता छ । एकरुप समझदारी छ । ’ 
प्रवक्ता सापकोटाले देशमा आईरहेका चुनौतीहरु समान्य नभएको र त्यसको लागि सकै एक हुनुपर्ने वेला आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस