logo tiger cup

प्रहरीले झण्डै ५३ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद गरी सार्वजनिक गरेको छ

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

 नेपाल प्रहरीले झण्डै ५३ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । प्रहरीले काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो ।

प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको लु१प५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो ।

बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको हो । बसका चालक तथा सहचालकले सोधपुछका क्रममा  उक्त कार्टुन लुम्बिनी बसपार्कबाट अचार भनेर पठाएको बताएकाे र त्यसैकाे आधारमा खोजतलास गर्दा गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका-४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा ९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस