logo tiger cup

प्राधिकरणको वार्षिक उत्सव अवसरमा कर्मचारीको सेवा सुविधा बृद्धि , कुलमानले गरे घोषणा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

       विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गरेका छन् ।  घिसिङले  शुक्रबार  विद्युत सञ्चालक समितिले विभिन्न समयमा गरेको निर्णयका आधारमा घिसिङले कर्मचारीको सेवा सुविधा बढाएका हुन् । 

प्राधिकरणले हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तर दिएको छ भने महिला कर्मचारीलाई दिएको प्रशुति भत्ता ७ हजार ५०० बाट  १५ हजार बनाइएको छ । त्यस्तै विद्युतीय सवारी साधन खरिदमा रु तीन लाखबाट ५ लाख रुपैयाँ पुर्याइएको छ भने शैक्षिक अनुदान १० हजारबाट ३० हजार पुर्याइएको छ ।

कार्यरत अवस्थामा कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार काजक्रिया खर्च उपलव्ध गराउने घोषणा समेत घिसिङले गरेका छन् । 

  प्राधिकरणका कर्मचारीका छोराछोरीका लागि ५० लाख छात्रवृत्ति कोष खडा गर्ने घोषणा समेत घिसिङले गरेका छन् ।   त्यस्तै कर्मचारीको आवास खर्चमा थप एक हजार रुपैयाँ थपिएको छ भने प्रत्येक अफिसमा शिशु स्यहार केन्द्र स्थापना गर्ने घोषणा समेत घिसिङले गरेका छन् । 

प्रतिक्रिया दिनुहोस