काठमाडौं ।जहाज चार्टर्ड गरेर नेपाल आएका पहिलो लटका बंगलादेशी पर्यटकलाई नेपाल पर्यटन बोर्डले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ।
नेपाल भ्रमण गर्न आउने कुल ३०० जना पर्यटक मध्ये आज १७० बंगाली पर्यटकको स्वागत गरिएको हो ।
नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरु निकै नै उत्साहित देखिएका छन् । नेपालको सुन्दरता हेर्न र नेपाली खाना खान आफुहरु धेरै नै उत्साहित भएको बंगाली पर्यटकहरुको भनाइ छ ।
यस भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइएको छ। एउटै कम्पनीमार्फत् ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
दीपमाला ढकाललाई मिस नेपाल २०२६काे उपाधि
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाकाे सम्भावना