logo tiger cup

शीर्ष नेताहरूको बैठक सिंहदरबारमा

News Logoमिना श्रेष्ठ 2 बर्ष अगाडि
87 2 minutes read

     राष्ट्रिय  दलका शीर्ष नेताको बैठक  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास सिंहदरबारमा  सुरु भएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन साउनकाे २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

एमालेले उक्त सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

सोही विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस