फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । विश्व फोटोग्राफी दिवस तथा पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभाको अवसर पारेर गुरुङलाई उक्त सम्मान प्रदान गरिएको हो ।
उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटोग्राफीको क्षेत्रमा लामो समयदेखी उल्लेख्य योगदान दिदैँ आएका गुरुङ फोटोपत्रकार समेत हुन् ।
सम्मानित हुँदै गुरुङले फोटोग्राफर संघ आस्था र विस्वासको संस्था रहेको बताए । उनले फोटोपत्रकार हुनु अघि फोटोग्राफर नै भएको सुनाए ।फोटोपत्रकार हुनका लागि पहिला फोटोग्राफर बन्नुपर्ने भएपनि पछिल्लो समय सिद्यैँ फोटोपत्रकार बन्दा चुनौती थपिएको उनको भनाई छ ।
यस्तै संघमा आबद्ध सदस्यहरुको १२ पास गरेका छोराछोरीलाई सम्मान समेत गरेको थियो । उक्त कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्द राज मुल्मीले फोटोग्राफी विधा आजको निकै आवश्यकता भएको साथै फोटोग्राफि विधा अन्य विधाको तुलनामा तिब्र गतिमा परिवर्तन भइरहेको बताए ।
कार्यक्रममा पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुली, महिला उपसमिति संयोजक रिता पौडेल, सल्लाहकार लगायतले आफ्नो धारणा राखेका थिए । यस्तै फोटोग्राफर संघ र फाेटाे पत्रकार संधले पोखरा सभागृहचोकदेखी सिर्जनाचोकसम्म प्रभातफेरी समेत गरेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित