त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको तस्करीको सुनको गुणस्तर २४ क्यारेट नै रहेको पुष्टि भएको छ । राष्ट्र बैंकको टक्सार विभागले गरेको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो ।
१५५ किलो कुल तौलको ‘ब्रेक सु’सहितको सुन छुट्याएर गाल्दा ६० किलो ७६१ ग्राम निस्किएको थियो । ‘सोही सुनको टच जाँच गर्दा गुणस्तर पत्ता लागेको हो,’ टक्सार विभाग स्रोतका अनुसार , ‘उक्त सुन शत् प्रतिशतको उच्च गुणस्तरको रहेको पाइयो ।’
उक्त सुनलाई अब राष्ट्र बैंकले सरकारसँग सल्लाह गरेर अन्तर्राष्ट्रिय मूल्यमा ५ प्रतिशत रकम थप गरेर खरिद गर्ने विभागले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित