मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । हट एयर बेलुन साहसिक खेल हाे । एक अमेरिकी र एक भियतनामी पाइलटले बेलुन उडाउने भएका छन् ।
विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुई वटा बेलुन उडाउने भएको छ ।
करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
दीपमाला ढकाललाई मिस नेपाल २०२६काे उपाधि
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाकाे सम्भावना