logo tiger cup

बेनी जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु

News Logoमिना श्रेष्ठ 2 बर्ष अगाडि
87 2 minutes read

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

 प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख एसपी गौतमले जानकारी दिए।

मृत्यु हुनेमा २ जना महिला र ६ जना पुरूष छन् भने घाइते ८ जनाको उद्धार गरिएकाे छ। 

घाइतेमध्य  पाँच जनालाई उपचारकाे लागी काठमाडौं पठाइएको छ ।

‘गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उपचार सम्भव नभएकालाई काठमाडौं पठाइएको छ जानकारी अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस