रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको २९ औं वार्षिक साधरण सभा कार्यक्रम २०८० भाद्र ८ गते होटल माउण्ट कैलाश रिसोर्ट लेकसाइड पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमका सभाअध्यक्षको आसन ग्रहण गर्नुहने रेवान पोखराका अध्यक्ष श्री नरेश भट्टराई, प्रमुख अतिथी पोखरा महानगरपालिकाका वडा न. ६ वैदामका वडा अध्यक्ष श्री विष्णु वहादुर भट्टराई, रेवान केन्द्रका अध्यक्ष अरनीको राज भण्डारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख श्री नविन पोखरेल, पोखरा पर्यटन परिषदका उपाध्यक्ष कृष्ण भण्डारी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, रेवान पोखराका पुर्व अध्यक्ष श्री गणेश वहादुर भट्टराई ज्युहरु २९ औं वार्षिक सभा कार्यक्रमको सफलताको शुभकामना मन्तव्यवाट व्यक्त गर्नुभएको थियो भने सभाको स्वागत मन्तव्य यस संस्थाको प्रथम उपाध्यक्ष विश्व राज पौडेल ज्यूले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, रेवान पोखराका पुर्व अध्यक्ष तथा पदाधिकारी, विभिन्न आमासमूहका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार तथा सञ्चारकर्मी ज्यूहरु, विभिन्न प्रायोजक ज्यूहरुको उपस्थित रहेको थियो ।
उक्त सभामा रेबान पोखराको कार्य नीति विवरण तथा प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण एवं २०८०/०८१ को प्रस्तावित कार्यक्रमहरु रेवान पोखराका महासचिव विकास भट्टराई ज्यूले गर्नु भएको थियो । कार्यक्रममा पर्यटकिय नगरी पोखरामा रेष्टुरेण्ट तथा वारहरुको व्यवसायिक हक हित संरक्षण, प्रवद्र्धन तथा संवद्र्धनका लागी खोलिएको मुनाफा रहित सामाजिक संस्था रही जुन आज २९ औं वर्षमा प्रवेश गर्न सफल भएको छ । रेवान पोखराले विभिन्न कठिन परिस्थितीहरु पार गर्दै पर्यटन प्रवद्र्धनका कार्यहरु जस्तै पोखरा सडक महोत्सव, विश्व पर्यटन मिनी सडक महोत्सव, होली महोत्सव, जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र साथै व्यवसायमा कार्यरत कर्मचारीहरुलाई दक्ष तथा सिप प्रदान गर्न, विभिन्न तालिम तथा गोष्ठीहरु आयोजना गर्दै आईरहेको छ ।
उक्त सभामा रेवान पोखराले पर्यटन विषयमा निम्न अनुसार व्यक्त गर्नुभएकोमा पर्यटन, कृर्षि र उर्जा देशको अर्थतन्त्रको मुख्य मेरुदण्ड रही आएकोमा पर्यटन अन्र्तगत रेष्टुरेण्ट एण्ड वारको उल्लेखनिय हिस्सा चाहे रोजगारीको सन्दर्भमा होस या विदेशी मुद्रा सञ्चतीको सन्दर्भमा साथै राजस्वमा उल्खनिय योगदान रहेको यहाँ स्मरण गराउन चाहन्छु । रेवान पोखरा सदैभ पर्यटन प्रवद्र्धनको सन्दर्भमा सदैव अग्रणी भुमिका निर्वाह गर्दै आएको छ । पोखरामा पर्यटन आगमनको अवस्था सुधारोन्मुख छ । तर पोखरावाट अन्र्तराष्ट्रिय उडान र मुग्लिन पोखराको सडक द्रुत गतीमा निर्माण भई छिट्टै नै सञ्चालनमा आउने हो भने पर्यटन आगमनमा उल्लेखनिय सुधार हुने थियो । पर्यटनमा अनगिन्ती सम्भाबना छन तर यस क्षेत्रबाट लाभ हामीले लिन सकेका छैनौ । भित्रिएका पर्यटकहरुको वसाई लम्वयाउन तिर ध्यान दिन जरुरी देखिन्छ । पर्यटन गन्तव्यहरुको बिस्तार, पर्यटन पूर्वाधार, सडक, आबश्यक पर्यटन जनशतिm, सुरक्षा व्यवस्था, सरकारवाट दीर्घकालीन पर्यटन नीति र पर्यटन मैत्री वातावरण आदि व्यवस्थित गर्न सकियो भने उनीहरुको बसाइ लम्वाउन सकिने थियो
पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा उल्लेखनिय भुमिका खेल्न सफल पोखरा सडक महोत्सव २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हामीले २५ औं पोखरा सडक महोत्सवको रजत जयन्ती भव्य रुपमा सदैव झै यहि पौष १२ गते देखी १६ गते सम्म आयोजना गर्न गैरहेको यहाँहरुलाई सहर्ष जानकारी गराउदै महोत्सव प्रति सवैको साथ सहयोग तथा सुझावको अपेक्षा व्यक्त गरिएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित