काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले राजसंस्था पुनः स्थापनाको मुख्य माग लिएर आन्दोलन गर्ने घोषणा गरेका छन् ।
बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बैठकले राजसंस्था पुनः स्थापनाको मुख्य माग लिएर आन्दोलनको घोषणा गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले भने,‘अब संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र समेत राप्रपा नेपालको मूलभुत विचार हुने छ । राजसंस्था पुनःस्थापनाको मुख्य माग लिएर राप्रपा नेपालले आन्दोलन गर्ने घोषणा गरेको छ ।’
अध्यक्ष थापाले भुटानी शरणार्थी प्रकरण र सुन तस्कर जस्ता भ्रष्टाचारमा राज्य संयन्त्र संलग्न रहेको आरोप लगाए ।
उनले भने,‘नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानी शरणार्थी बनाउँने मानव तस्करी गरेर विदेश पठाउँने यो काम केबल सामान्य कर्मचारी र व्यापारीबाट होईन देशका ठूला नेता स्वयम गृह मन्त्री, जसले शान्ति सुरक्षाको जिम्मा लिएको छ तिनै व्यक्ति यस्तो जघन्य मानव तस्करीमा संलग्न छन् । क्वीन्टल सुन तस्करी भएको छ । यसमा पनि राज्य संयन्त्र संलग्न रहेको छ । ’
कुनै दलमा विभाजन नभइ देशको स्वाभिमान रक्षाका लागि सबै एकै स्थानमा उभिनुपर्ने पनि अध्यक्ष थापाको भनाइ थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित