logo tiger cup

सर्वसाधारणकाे लागी खुल्यो माण्डु हाइड्रोपावर आईपीओ

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले आज बैंकिङ समयपश्चात् आवेदन दिन सक्ने छन् । 
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री गरी बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो ।
मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजना निर्माण गरेको कम्पनीले उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेकोे छ । आयोजना प्रभावित स्थानीयमा बिक्री हुन नसकेको ७९ हजार ३० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको छ ।
कम्पनीले २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागेको छ । यो आईपीओ बिक्री अवधि भदौ १३ गतेसम्मका लागि तोकिएको छ । तोकिएको अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भदौ २४ गतेसम्म बिक्री लम्बिने जानकारी दिइएको छ ।  
माण्डु हाइड्रोपावर आईपीओ खुल्यो 

प्रतिक्रिया दिनुहोस