logo tiger cup

राष्ट्रिय युवा सघं नेपाल पोखरा – १९  को अध्यक्षमा राना सर्वसम्मत चयन

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

नेकपा एमालेको भातृ सगंठन राष्ट्रिय युवा सघं नेपाल पोखरा महानगरपालिका वडा नं – १९  को अध्यक्षमा कुशल राना चयन भएका छन् । वडा कमिटीको यही भाद्र ९ गते शनिवार लामाचौरमा सम्पन्न अधिवेशन एवं युवा भेलाले रानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो  ।

भेलाले उपाध्यक्षमा बिनोद भूजेल, सचिवमा कुशल पौडेल उपसचिवमा सबिना पौडेल उपसचिवमा सचिन के. सी कोषाध्यक्षमा दिलिप पुन सहित ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिव अनिता लिब्बुको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको विशेष अतिथिहरुमा पार्टी  प्रदेश कमिटका सचिवालय सदस्य दिपक पौडेल र सोभामोहन पौडेल रहेका थिए ।

संघका वडा कमिटि अध्यक्ष राम आर्चायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी जिल्लाकमिटीका सदस्य, महानगरकमिटिका सदस्य, वडा पार्टी अध्यक्ष लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन सचिव बिनोद भुजेलले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस