अभिनेता सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिइयो ।
आइतबार बिहानदेखि उनको शवलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो । कलाकार संघका पूर्वकार्यवाहक अध्यक्ष समेत रहेका ताम्राकारको श्रद्धाञ्जली र दाहसंस्कारको संयोजन कलाकार संघले गरेको थियो ।
ताम्राकारको पार्थिव शरिरमा कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितका कलाकार आर्यघाटमा उपस्थित थिए । यस्तै कलाकारहरु धीरेन शाक्य, सृष्टि श्रेष्ठ, मलिना जोशीलगायत पनि आर्यघाट पुगेका थिए ।
ताम्राकारको निधन ७४ वर्षको उमेरमा शनिबार नर्भिक अस्पतालमा भएको थियो । मिर्गौलासम्बन्धी रोगले पीडित ताम्राकार २८ दिनदेखि उपचाररत थिए । गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि उनले पुत्रवियोग समेत खेपेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित