logo tiger cup

‘मेरै दलभित्र पनि ज–जसको नाम आएको छ उहाँहरुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउँछौं : प्रधानमन्त्री प्रचण्ड

News Logoमिना श्रेष्ठ 2 बर्ष अगाडि
87 2 minutes read

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।

‘मेरै दलभित्र पनि ज–जसको नाम आएको छ उहाँहरुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउँछौं । तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन । अनुसन्धानका लागि तान्नु भनेर मैले सीआईबीलाई पनि भनेको छु,’ प्रचण्डलाई उद्धृत गर्दै कांग्रेस नेता मधु आचार्यले भने ।

सुन तस्करी प्रकरणमा माओवादीका कृष्ण महराको नाम मुछिएको छ । प्रधानमन्त्रीले उनको पनि बयान लिनुपर्ने बताएका थिए । कांग्रेस रुपान्तरण अभियानका ९ जना नेताले आज बिहान प्रधानमन्त्रीलाई भेटेर समसामयिक विषयमा छलफल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस