विप्लव नेतृत्वको नेकपाले एमसीसी विरूद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । संसद्बाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमासमेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।
यसै क्रममा पार्टीको उपत्यका ब्यूरो र जबस मोर्चाले राजधानी काठमाडौँमा एमसीए नेपालको कार्यालय अघि प्रदर्शन गरेको छ ।
एमसीसी परियोजना राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै उसले भदौ ५ गते चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । १२ बुँदे सम्झौता सम्बन्धमा अमेरिकाले आफ्नो धारणा सार्वजनिक नगरेसम्म नेपालमा एमसीसी कार्यान्वयन हुन नदिन चेतावनी दिएको छ । ‘एमसीसी राष्ट्रघाती छ । सोमबार यसै विषयमा अन्तरक्रिया गर्दैछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित