१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ विद्यालयका प्रधानाध्यापक पक्राउ परेकाे छ।
पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापालाई रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् ।
उक्त घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
दीपमाला ढकाललाई मिस नेपाल २०२६काे उपाधि
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाकाे सम्भावना