काठमाण्डौमा बसले जीप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ६ जना घाइते, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर
काठमाण्डौको पेप्सीकोला–काँडाघारी सडक खण्डमा बिहान बसले अरु गाडीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहान पौने ८ बजे जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बसले एउटा जीप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ओभरटेक गर्ने क्रममा बस अन्य गाडीसँग ठोक्किएकाे अनुमान छ । दुर्घटनामा परेका गाडीको नम्बर खुलेको छैन भने घटनाको विस्तृत विवरण पनि आएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित