logo tiger cup

कान्ति बाल अस्पतालको लापरबाहीका कारणले ५ बर्षीया बालिकाको निधन, निर्देशकमाथि छानबिन गर्न सांसदको माग

News Logoमिना श्रेष्ठ 2 बर्ष अगाडि
87 2 minutes read

       कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने एमाले सांसद महेश बर्तौलाले बताएका छन् ।

 बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले रेजिशा गोपालीको चरम लापरबाहीका कारण मृत्यु भएको भन्दै यो घटनाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने बताए ।

 एमाले सांसद महेश बर्तौलाले  सांसदमार्फत सरकारलाई कान्ति बाल अस्पतालका निर्देशक र अस्पताल व्यवस्थापन समितिमाथि अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनले पीडितलाई न्याय दिन र यस्ता घटना दोहोरिन नदिनतर्फ सरकारको ध्यानाकर्षण गराए ।

  त्यस्तै डा.चन्दा कार्कीले पनि सरकारको गैर जिम्मेवारी व्यवहारका कारण रेजिशाको मृत्यु भएको भन्दै निकम्मा सरकारले रेशिजाजस्ता धेरै बिरामीको मृत्यु भइरहेको बताइन् । उनले पनि रेजिशा मृत्यु प्रकरणबारे निष्पक्ष छानबिन गर्न माग गरिन् ।

sharethis sharing button

 

प्रतिक्रिया दिनुहोस