‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा अब १० जनाको तर्फबाट थुनछेक बहस बाँकी छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालले शुक्रवार सम्ममा बहस सक्न प्रतिवादीका कानुन व्यवसायीलाई भनेका छन् । नापी सर्वेक्षक घमन कुमार कार्की, डिल्लीबजार मालपोतका खरिदार गोपाल कार्की ,भाटभटेनी डेभलपमेन्ट प्रालिका सञ्चालक मीन बहादुर गुरुङ र समरजंग कम्पनीका सहायक लेखापाल विनोद प्रसाद पौडेलको तर्फबाट बिहीबार बहस भएको थियो ।
नारायणदास मिश्र, अरुण कुमार श्रेष्ठ, ध्रुव प्रसाद अर्याल, योगराज पौडेल, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन, बावुराजा महर्जन, सञ्जय कुमार महर्जन र लोकहरी घिमिरेको तर्फबाट बहस हुन बाँकी छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित