राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ ।
राष्ट्रिय सभामा ३ वटा बिद्येयकहरु बिचाराधीन छ । अध्यागमन बिधेयक बिद्यायन ब्यबस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन सभामा पेश भइसकेको छ ।
विद्युतीय कारोबार सम्बन्धी बिद्येयक र राष्ट्रिय मर्यादा सम्बन्धी बिद्येयक विधायन व्यवस्थपन समितिमा दफावार छलफलमा छ ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ती निकालेर राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका दिएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित