मनसुनको समयमा सामान्यतया मेघगर्जन र चट्याङ पर्दैन तर बुधबार राति सुतिरहेका मानिसहरुलाई तर्साउने गरी बिहानपखसम्मै मेघगर्जन र वर्षा भइरह्यो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने धाप ड्याममा रेकर्ड भएको छ ।
हिजोआज ठूलो पानी पार्ने प्रणाली पनि छैन । तर राति मेघगर्जन र चट्याङसहित घनघोर पानी किन पर्यो होला ? मौसमविद् , प्रतिभा मानन्धरका अनुसार ‘दिनभर चर्को घामका कारण विकसित स्थानीय प्रणालीलाई भारत र बंगालको खाडी आसपासको न्यूनचापीय प्रणालीले सपोर्ट गरेका कारण मेघ गर्जन र चट्याङसहित वर्षात भयो ।’
मानन्धरका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । यसको अर्थ पानी पार्ने प्रणाली भारततिर बढी छ । नेपालमा भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र त्यस आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै छ । यस्तै बंगालको खाडीको उत्तरपश्चिम क्षेत्रमा रहेको न्यूनचापीय रेखाको पनि नेपालमा आंशिक प्रभाव छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित