बाँकेको नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट, द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान
बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ ।
उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ ।
विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेको डीएसपी डाँगीले जानकारी दिए ।
विस्फोटबाट मानवीय क्षति भएको छैन । तर सडक किनारमा ठूलो खाल्डो परेका कारण सवारी साधन एकतर्फी मात्र सञ्चालन भएका थिए । पछि सडक डिभिजन कार्यालयको टोली त्यो खाल्डो पुरेको र अहिले दुईतर्फी नै सडक सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित