सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी मृत भेटिए ।
घटना अनुसन्धान गर्दै जाँदा आमा छोरीको मृत्यु आगलागीबाट नभई हत्या भएको खुलेको प्रहरीले दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले रेवती र उनको छोरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २९ वर्षीय कर्णबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी नविन कार्कीले बताए ।
प्रहरीका अनुसार हत्याको आरोपमा पक्राउ परेका कर्णबहादुर रेवतीका पूर्व प्रेमी हुन् । फेसबुकबाट जोडिएका उनीहरुबीच प्रेम सम्बन्ध बनेको थियो । उनीहरुबीच चिनापरिचय हुँदा कर्ण बिबहित थिए भने रेवती अबिबहित थिइन् ।
दुवैबीचको भेटघाटमा हुँदै गयो । त्यसक्रममा उनीहरुले अश्लील फोटो र भिडियोहरु खिचेर राखेका पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
दुवैबीच मनमुटाब बढ्दै जाँदा ८ महिना अघिबाट नै कर्णले रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको डीएसपी कार्कीले बताए ।
रेवतीका श्रीमान् रोजगारीका लागि भारतमा गएकाले एक्लै भएको मौका छोपी उनी त्यहाँ गएका थिए ।
डीएसपी कार्कीका अनुसार राति करिब १० बजे कर्ण रेवतीको घरभित्र पसेर उनको घाँटी कपडाले कसेर लडाए । त्यसपछि पेट्रोल छर्केर आगो लगाएको अभियुक्त कर्णले बयान दिएको उनले बताए । रेवतीलाई लगाएको आगो सल्किएर ओछ्यानमा सुतिरहेकी ९ महिने छोरीको पनि जलेर ज्यान गएको छ ।
प्रहरीका अनुसार रेवतीको हत्यापछि कर्ण राति नजिकैको एउटा घरमा बास बसी बिहानै घरतर्फ लागेका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा विभिन्न चरणमा अनुसन्धान गर्दा कर्णले नै हत्या गरेको भन्ने निष्कर्षमा पुगेको उनलाई पक्राउ गरेको कार्कीले बताए ।
प्रेम सम्बन्ध टुटेकाले त्यसकै इगो साँध्नको लागि हत्या गरेको अभियुक्तले बयानका क्रममा बताएको डीएसपी कार्कीले अनलाखबरलाई सुनाए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित