काठमाडौंको सबैभन्दा ठूलो गृहेश्वरी ट्रेडलिंकको करिब ७० हजार किलो चिनी भण्डारण सहित चिनी गोदाम सिल
वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाम सिल गरेको छ ।
‘गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाम सिल गरिएको छ । करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको छ,’ पोखरेलले भने,‘अहिले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको छ ।’
सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो ।खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १२७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर खेतानले १०५ रुपैयाँको मात्रै बिल दिने गरेका थिए ।
दुई साता अघिसम्म ११० रूपैयाँ किलोमा बिक्री भइरहेको चिनी पछिल्लो समय एकाएक १४० रूपैयाँ किलोसम्म पुर्याइएको छ ।
काठमाडौं उपत्यकामा चिनी बिक्रीमा खास व्यक्ति मानिएका खेतानको फर्मले नेपाली चिनी मिलबाट क्रसिङको समयमा सस्तोमा खरिद गरेका चिनी कृत्रिम भण्डारण गरेर चाडपर्वको मुखैमा महँगोमा बिक्री गर्ने गरेको पाइएको सरकारी अधिकारीहरुको दाबी छ ।
यसबारे विभागले थप अनुसन्धान गरिरहेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित