पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भीमादमा दुर्घटना भएको छ । भीमाद नगरपालिकाको मिर्छुलुङमा गाडीलाई साइड दिने क्रममा जिप सडकबाट तल खसेको हो ।
ग १ ज ७५३४ नम्बरको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा सवार चालक सहित १२ जनालाई उद्धार गरिएको छ । घाइतेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
तीमध्ये बढी घाइते भएका ३ जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित