logo go bungy

१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक

News Logoपरिचित खबर 2 घण्टा अगाडि
87 2 minutes read

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै बै७कमा सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक १४ दिनपछि बस्न लागेको हो। यसअघि बैठक असार ३१ गते बसेको थियो। 

प्रतिक्रिया दिनुहोस