logo tiger cup

कैलालीकाे मोहन्यालमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पत्तीकाे मृत्यु

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

     कैलालीको जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस