नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।
प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ ।
हत्याको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित