पोखरा महानगरपालिका-१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दुध बोक्ने बोलेरो दुर्घटना हुँदा सवारी चालक ४९ वर्षीय कृष्ण बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा पोखरा नगरपालिका-१८ बस्ने ६९ वर्षीया हिमकला थापा र सोही ठाउँमा बस्ने ७० वर्षीया चन्द्रकला थापा रहेका छन् ।
हिमकलाको टाउँकोमा चोट लागेको छ भने चन्द्रकलाको ढाडमा चोट लागेको छ । घाइते भएका उनीहरूको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित