कास्कीको पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरुलाई बोलाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ विदेशी सहित ६ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. १३ पाटनबेसी बस्ते ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षीया सीमा सुनार र काठमाडौंको कलंकी बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् ।
यसैगरी क्यानडाको अलवर्टा राज्यको क्यागोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्यप्रदेशको भोपाल नगर ठेगाना भएका ३२ वर्षीय इस्मित कौर पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित